१० वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा ७ प्रगति टोलका टीकाबहादुर दमै सोमबार पक्राउ परेका छन् ।
दमैले सोमबार दिउँसो करणीको आशय राखी बालिकालाई यौन दुर्व्यबहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको प्रवक्ता सुवास हमालले जानकारी दिए । बालिकाको घरमा कोही नभए बेला दमैले यौन दुर्व्यवहार गरेका थिए ।
५२ वर्षीय दमैलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
।




