लायन्स क्लब अफ पोखरा टाउनले बागलुङको ढोरपाटनका पहिरो पीडितलाई सहयोग गरेको छ ।
क्लबले ५६ हजार रुपियाँ स्थानीय पीडितका प्रतिनिधि धमबहादुर बुढामगरलाई हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष रेशम बहादुर केसी र रामबहादुर बस्यालले रकम हस्तान्तरण गरेका हुन् ।
अबिरल बर्षाले बागलुङको ढोरपाटन नगरपालिका ६, ७ र ८ वडामा ठूलो धन, जनको क्षति गरेको हो थियो । कार्यक्रममा लायन भानुभक्त अधिकारी, हरिप्रसाद पराजुली, रहमोहन सुवेदी लगायतले देशमा हुने जुनसुकै किसिमका प्रकृतिक विपत्तिमा क्लब सहयोगको अग्रमोर्चामा रहने बताए ।
कार्यक्रममा रामबहादुर बस्यालले नेपालमा यस्तै बिपत्तिका लागि डिष्ट्रीकले छुट्टै कोष खडा गरी सहयोग गर्दै उल्लेख गरे । क्लबका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव अशोक श्रेष्ठले सञ्चालन गरेका थिए ।




