५० लाख जरिवाना तोकिएका गुरुङ पक्राउ

बैंकिङ कसुर मुद्धामा ५० लाख जरिवाना तोकिएका फरार प्रतिवादी केशबहादुर गुरुङ पक्राउ परेका छन् ।

उच्च अदालत पाटनबाट २०७६ सालमा बैंकिङ कसुर मुद्धामा उनलाई ५० लाख जरिवाना र ६ दिन कैद सजाय हुने फैसला भएको थियो । त्यसयता फरार उनलाई प्रहरीले आइतबार पोखरा ६ बाट पक्राउ गरेको हो ।

कास्कीको रुपा गाउँपालिका ५ देउरालीका ५७ वर्षीय गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवत्ता सुवास हमालले जानकारी दिए ।