गजल

कोरोनाको डरले पर-पर, तिमि सर्छ्यौ प्रिया,
म सँक्रमित हैन किन, दोमन गर्छ्यौ प्रिया

बल्लतल्ल आयौ भने, भेटघाट गर्न,
गाजालु ति नयनमा, आँसु भर्छ्यौ प्रिया

माक्सले मुख छोपी, डराउँदै तिमी किन,
यि खाली हत्केलामा, स्यानिटाइजर छर्छ्यौ प्रिया

पुरस्कार यदि मिल्छ भने, सतर्कता अपनाउनेमा,
धरोधर्म पक्कै तिमी, एक नम्बरमा पर्छ्यौ प्रिया

कहिले हट्छ महामारी, थाहा छैन केही अझै,
डराउँछ्यौ खाली किन, एकदिन पक्कै मर्छ्यौ प्रिया