विश्व शान्ति स्तूप, अनदूँ, पोखराको ११ औ बार्षिक साधारण सभा तथा पाँचौै अधिवेशनबाट उत्तममान बुद्धाचार्य अध्यक्ष निर्वाचित भएका छन् ।
अधिवेशनले समितिको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १० सदस्य निर्वाचित गरेको छ भने अध्यक्षबाट २ सदस्य मनोनीत गरी १३ जनाको कार्यकारिणी समिति गठन गरेको हो । समितिको बैठकले उपाध्यक्षमा अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुध्दाचार्य, सहसचिव चमबहादुर गुरूङ र सह कोषाध्यक्ष अनिल रत्न बुध्दाचार्यलाई चयन गरेको छ ।
सदस्यमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ छन् । प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहेको समितिका सदस्यमा क्या. भुवनसिं गुरूङ र सुबेदार यमबहादुर गुरूङ छन् ।
शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुध्दाचार्यले स्वागत, सचिव अशोक गुरूङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धर्मशीला बुध्द विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकार, निर्वाचन संयोजक प्रकाशमान गुभाजू लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष उत्तममान बुध्दाचार्यले स्तूप विकासका लागी प्रतिबध्दता जाहेर गरे ।






