कांग्रेस नेता सिकन्दरको निधन

नेपाली कांग्रेस नेता भोजबहादुर गुरुङ सिकन्दरको आइतबार निधन भएको छ ।

सिकन्दरको आइतबार दिउँसो उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनी हेपाटाइटिस रोगबाट पीडित थिए ।

सिकन्दर गएको प्रदेश सभा निर्वाचनमा कास्की ३ खबाट कांग्रेसका उम्मेदवार हुन् । उनी नेकपाका राजीव पहारीसँग पराजित भएका थिए ।