गजल

यो मुटुमा छुरा चलाएर जाऊ
र मेरो चितालाई जलाएर जाऊ

छ सिंगै सालिक दोबाटोमा मेरो
रिस लागे आफैं ढलाएर जाऊ

केही गर्छु भन्ने छ हिम्मत अझैँ
सक्छौ त हिम्मत गलाएर जाऊ

भयो उजाड़ मेरो जीवन त्यसै
यो छातीमा विष फलाएर जाऊ

बिन्ति छ मेरो यो अन्तिम पलमा
हेरी मलाई हात हल्लाएर जाऊ ।