हिमालय आँखा अस्पतालका लेखा अधिकृत पक्राउ

हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत वामदेव सुवेदी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

अस्पतालका कार्यरत ३१ वर्षीया र ३६ वर्षका २ महिलाले सुवेदीले विभिन्न डर तथा प्रलोभन देखाई आफूहरुलाई जबर्जस्ती करणी गरेको आरोप लगाएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा सुवेदीविरुद्ध उजुरी दिएका छन् ।

सुवेदीलाई पोखरा ७, शान्तिनगरको निवासबाटै मंगलबार पक्राउ गरेको हो ।
सुवेदीलाई अनुसन्धानका लागि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताए ।