समाजवादी चरित्र हराएको समाजवाद

सबभन्दा पहिला बैज्ञानिक समाजवाद शब्द मार्क्सले प्रयोग गरेका थिए । यो शब्दका बिरूध्द संसारभरका प्रतिक्रियावादीहरू लागे । जब यो शब्द सत्य प्रमाणित भयो पुँजीपन्थीहरूले पनि प्रयोग गर्न थाले ।

मार्क्सले मानवजाातिले बैज्ञानिक समाजवादमा पुग्न बर्ग सङ्घर्ष, राज्य सत्तामा जनताको अधिनाएकत्वको आवस्यक भएको बताएका थिए । राज्य सत्ता स्थापना भए देखि हाल सम्म पनि मानव समाजलाई पाँच प्रतिसदले आफ्नो अधिनमा राखेको छ । चाहे दास कालमा होस् चाहे सामन्तकालमा होस् चाहे साम्रज्यवादी कालमा होस् र अहिलेको उदारवादी भनीयको पुँजीवादमा होस् , यो स्थिति यथावत छ ।

बर्ग सङ्घर्षद्वारा यो पाँच प्रतिसतमा रहेको राज्य सत्ता पन्चान्नब्बे प्रतिसदको हातमा नल्याए सम्म समाजवाद सम्भव नै छैन ।

यिनीहरूले सर्वसाधारण जनतालाई एक दोस्त्रोको बिरूध्द उभ्याएका छन् । चाहन्छन् चाहदैनन् केही मतलव छैन -कुट पिट् मार् !कसलाई त?तँजस्तै कुनै बिचरो मजबुर अधिकारबिहिन मान्छेहरूलाई । त्यो बिचरो अझ बढी अभागि छ ,किनभने मूर्ख छ । पुलिस ,सैनिक जासुस सबै जनताका शत्रु जस्ता देखिन्छन् । तर उनीहरू पनि हामीजस्तै मान्छे हुन् हाम्रैजस्तै उनीहरूको पनि रगत चुस्छन्, र हामीलाई जस्तै उनीहरूलाई पनि तिरस्कारको दृस्टिले हेर्दछन् । सबै एक नासका हुदाहुँदै पनि मालिकहरूले हामीलाई एक दोस्त्रोको बिरूध्द उभ्याईदिएका छन् मूर्खता र त्रासले अन्धा बनाइदिएका छन् । सबैका हातखुट्टा बाँधिदिएका छन् र निचोरी निचोरीकन रगत चुस्दै छन् , एकका बिरूध्द अर्कोलाई प्रयोग गर्दै मिच्दै छन्, चुट्दै छन् । मानिसहरूलाई बन्दुक, डन्डा र पथ्थर बनाइदिएका छन् र भन्छन् यही राज्य सत्ता हो । जबसम्म यो स्थितिमा परिबर्तन हुदैन समाजवादको कल्पना पनि गर्न सकिँदैन ।

समाजवाद त त्यस्तो हुनेछ , मानिसहरू एक दोस्त्रोलाई देखेर रमाउने मात्र छन् । सबै मानिस स्वाधीन हुनेछन् र आफ्नो स्वतन्त्रताले गर्दा महान हुनेछन् । सबैको हृदय निष्कपट हुनेछ र कसैको हृदयमा पनि द्वेष ईर्षा हुनेछैन । जीवनले मानव सेवाको महान् रूप लिनेछ , मानिस श्रेष्ट र गौरवान्वित हुनेछ । जो स्वतन्त्र छ उसको लागि कुनै पनि कुरा सुलभ हुन्छ तब मानिसहरूको सौन्दर्यका लागि सत्य र स्वतन्त्र जीवन बिताउने छन् । जसको हृदयभित्र पूरा विश्व नै अटाउने छ र जसले सबभन्दा गहिरो प्रेम गर्ने क्षमता राख्नेछन् उनीहरू नै उत्कृष्ट ब्यक्ति मानिने छन् । उनीहरूनै समाजवादमा नेता हुनेछन् ।

अहिले नाम र विभिन्न पुच्छर जोडेर आफुहरूलाई एक नम्वरको समाजवादी भएको देखाउने होट नै चलेको छ । नाममा क्रान्तिकारी पुच्छर झुन्ड्याउँदैमा कोही क्रान्तिकारी हुदैन । डवल नेपाल कम्युनिष्ट पार्टी भन्दैमा त्यो पार्टी कम्युनिष्ट हुदैन । कुनै पार्टीको नारा समाजवाद हुदैमा त्यो पार्टी समाजवादी पार्टी हुदैन । समाजवादी पार्टी बन्न त माथि बताइएका कम्युनिष्ट आदर्सलाई स्वीकार गर्नु पर्ने हुन्छ । हाल नेपाल कम्युनिष्ट पार्टीले माथि बताए अनुसार पाँच प्रतिसदको प्रतिनिधित्व गरेको छ कि पन्चान्नब्बे प्रतिसतको नेतृत्व गरेको छ यो सबैले देखे भोगेकै छौ ।समाजवाद उन्मुख पार्टी सरकारले जनताका पार्टी माथि प्रतिबन्ध लगाउँछ । झुट्टा मुद्दा लगाउँदै भिन्न मत राख्नेलाई पटक पटक गिरफ्तार गर्ने थुन्ने गर्छ । स्वतन्त्रता चाहने जनताका सपुतहरूलाई इन्काउन्टरका नाममा हत्या गर्दै हिड्छ । अहिले जनमतलाई उल्टो प्रतिनिधित्व गर्दै डवल नेकपा नामको पार्टी सरकारले राष्ट्रियता जनतन्त्र र जनजीवीकामा घात गरेको छ । नारामा समाजवाद उन्मूख समृध्द नेपाल सुखि नेपाल भन्दै ब्यवाहारमा ठिक उल्टो बाटो हिडिरहेको छ ।

जसरी जङ्गबाहादुरका साखा सन्तानहरूको समुल नष्ट गरि शमशेरहरूले आफ्नो नाममा जङ्गबाहादुर राणा पुच्छर झुन्डाएका थिए । हिन्दुधर्मको बिरोधमा आएको बुध्दधर्मलाई सोझै परस्त गर्न नसक्दा बुध्दलाई नै बिष्णुको दशौ अवतार बताएर उनलाई पन्छाएका थिए । अहिले डवल नेकपाले समाजवाद भन्नू शमशेरहरूले जङ्गबाहादुर राणाको नाम आफ्नो नाममा जोड्नु र हिन्दुहरूले बुध्दलाई बिष्णुको अवतार मान्नु जस्तै हो ।

समाजवाद प्राप्तिका लागि भएका सम्पूर्ण बिद्रोह, जनयुध्द जनआन्दोलनहरूलाई अस्वीकार गर्नु, भबिष्यमा पनि त्यस्ता गतिबिधिहरू माथि प्रतिबन्ध लगाउनु , दलाल पुँजीवादलाई निर्बिकल्प मान्नु , स्वएम् आफ्नै पार्टी भित्र ईर्ष्या द्वेष छल कपट गरि एकका बिरूध्द अर्को लाग्नु , गुट गुट बनाएर बिदेशी साम्राज्यवादीहरूको सेवामा लाग्नु ,विभिन्न सहयोगका नाममा साम्राज्यवादीहरूलाई भौतिक रूपमै देशमा प्रबेश गराउनु आदि कारणले देश पराधिनमा पुगेको छ । जसरी धोबिहरूले रामको बिरोधमा कपडालाई रामको प्रतिक मानि राम राम भन्दै पछार्दछन् त्यस्तै यिनीहरूले समाजवादलाई समाजवादको बिरोधमा समाजवाद समाजवाद भनेर पछारीरहेका छन् । माथि बताईएका पन्चान्नब्बे प्रतिसदका जनतालाई एक जुट गरि गर्ने क्रान्ति एकीकृत जनक्रान्ति हो । यसबाट ल्याउने समाजवाद बैज्ञानसक समाजवाद हो ।आउनु होस् यश पबित्र कार्यमा एक भै चाडै जुटौं ।