३ मुक्तक

१. ढल्न लागेकाहरुको हात समाउनु पर्छ हजुर
दुखि ,गरिबको भलाईमा रमाउनुपर्छ हजुर
धन ,सम्पतिले अरबपतिलाई पनि नपुग्दो रहेछ
बाँच्दा जन्ती र मर्दा मलामी कमाउनुपर्छ हजुर ।

२. देश बनाउनुपर्छ भन्ने इच्छा कतिबेला जाग्ने होला
अर्को चुनावमा फेरि कुन मुखले भोट माग्ने होला
अझैपनि कुर्सी तानातान गरेर रमिता देखाईरहेछन्
यि नेताको घैंटोमा कहिले घाम लाग्ने होला ?

३. रुख चढाउँदा चढिनँ, फेद ढाल्दा झरिनँ
कसैलाई मैले शतप्रतिशत विश्वास गरिनँ
सर्पले डस्यो तर मलाई कुनै असर भएन
जब आफ्नै मित्रले डस्यो म झण्डै मरिनँ ।