काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् ।
ती ७ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । वैदेशिक रोजगारीमा रहेकी आमा कोरोना कहरभित्रै नेपाल फर्किएकी थिइन् ।
छोरीले योनी दुख्यो भनेपछि अस्पताल लैजाने क्रममा बाबुले ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएको खुलेको थियो । त्यसपछि ती महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिइन् ।
महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरले ती पुरुषलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।




