प्रेमराजा महत दम्पतीले कोरोना जिते

लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविताले कोरोनलाई जितेका छन् ।

प्रेमराजाले अगस्त ७ मा आफू र श्रीमती कवितालाई कोरोना भएको जनाएका थिए । उनले कोभिड १९ नेगेटिभ आएपछि अगस्त २८ मा यसबारे जानकारी दिएका छन् । महतले लेखेका छन्, ‘विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।’

प्रेमराजा मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत हुन् ।