जिल्ला प्रशासन कार्यालयले कास्कीमा निषेधाज्ञा खुकुलो बनाएको छ । भदौ २ गते जारी भएको निषेधाज्ञा आज मध्यराति सकिँदै थियो ।
शुक्रबार जिल्ला प्रशासनले भदौ २० गतेसम्म यसलाई निरन्तरता दिने निर्णय गरेको हो । कास्कीमा जोर दिन जोर र विजोर दिन बिजोर नम्बरका ट्याक्सी र निजी सवारी चल्न पाउने भएका छन् ।

सुरक्षा सावधानी अपनाएर निर्माण कार्य सञ्चालन गर्न अनुमति दिइएको छ भने सार्वजनिक सवारी अझै बन्द रहने भएका छन् ।




