पोखरामा जनयुद्धका सहिद रामबृक्ष यादव मास्टर साहेबको सम्झना गरिएको छ ।
मंगलबार पोखरामा सहिद तथा वेपत्ता स्मृति स्पोर्टस स्कूलले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा गण्डकी प्रदेश सभा सदस्य तेजकुमारी पौडेलले नेपालमा उत्पीडनको बिरुद्ध समाजवाद स्थापनाका लागि माओवादी पार्टी निर्माणको बिषयमा छलफल हुँदै गर्दा तत्कालीन राज्य संयन्त्रले रामबृक्ष यादवको कायरतापूर्वक हत्या गरेको बताइन् ।
देशमा प्राप्त अहिलेको उपलव्धि यादव लगायतका शहीदको सपना भएको उल्लेख गर्दै उनले निरन्तर जनताको पक्षमा लाग्ने प्रतिवद्धता जनाइन् । नेकपाभित्र अहिले देखिएका खराबी र बिकृतिविरुद्ध डटेर लाग्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रेस संगठन गण्डकी सहसंयोजक त्रिभुवन पौडेल, स्कुलका केन्दि«य अध्यक्ष क्षितिज सापकोटा लगायतले बोलेका थिए ।
यादवको २०५१ साल भदौ २ गते तत्कालीन राज्य पक्षबाट हत्या भएको थियो । उनका छोरा शेखर जनयुद्दमा सहिद भएपछि सम्पूर्ण परिवार नै जनयुद्दमा सामेल भएको थियो ।




