राष्ट्रकवि घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । घिमिरे लमजुङको पुस्तुनमा विस १९७६ मा जन्मिएका थिए ।

माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।