पोखरामा थप ८ जनामा कोरोना संक्रमण फेला परेको छ । अध्यावधिक विवरण अनुसार पोखरा १, १४, १०, २७ र १७ वार्ड मा गरी थप ८ जनामा संक्रमण संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी जनाएको छ।
पोखरा वडा १ मा २५ वर्षका २ पुरुष, १४ मा २५ र ३५ वर्षका २ पुरुष, १० मा १८ वर्षका १ पुरुष, २७ मा १८ र ३० वर्षका २ पुरुष र १७ मा ४० वर्षका १ पुरुषमा संक्रमण देखिएको हाे ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७०० पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।





