२४ घण्टामा थपिए ५ सय २५ जना संक्रमित

नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा देशका ३८ प्रयोगशालामा भएको परीक्षणमा ५ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमित र निको भएर गएकासहित कुल संक्रमितको संख्या २४ हजार ९ सय ९७ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

बिहीबार ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हजार ८ सय ३७ पुगेको छ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कुनै पनि संक्रमित छैनन् ।