पोखरा महानगरपालिका वडा नं. १६ मा बुधबार बिहान ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । उनी एउटा फर्निचरमा काम गर्ने मजदुर रहेको पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।
ती संक्रमितको सम्पर्कमा आएकाहरुको खोजपड्ताल भइरहेको आचार्यले जानकारी दिए । ती संक्रमितलाई आइसोलेसनमा लगिसकिएको छ ।




