कोरोनाबाट जनकपुरका पूर्वमेयरको मृत्यु

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना संक्रमणले मृत्यु भएको छ । ७३ वर्षीय गिरीको मंगलबार राति काठमाडौंमा मृत्यु भएको हो ।

१५ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य गिरीका दुई छोरा र श्रीमती छन् ।