जागरण अभियानद्वारा भर्चुअल विचार गोष्ठी

नेपाली पहिचान, नेपाली स्वाभिमान ः समग्र विकासमा हाम्रो अभियान भन्ने मूल नारासहित स्थापित जागरण अभियान नेपालले भर्चुअल विचार गोष्ठी गरेको छ।

कोरोना कहर र अबको अर्थतन्त्र बिषयक विचार गोष्ठीमा जनता समाजवादी पार्टीका प्रदेश सभासद माननीय हरिशरण आचार्यले अब सबै दलले जिम्मेवार भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य महासंघका अध्यक्ष दामु अधिकारीले ब्यवसायीहरु यो महामारीबाट मर्माहत बनेकाले राज्यले ब्यबसायीका पुनरुत्थानमा जोड दिए ।

प्रा।डा यादवराज गौडेलले कारोना महामारीका कारण उत्पन्न परिस्थिति सामना गर्न सरकार, समुदाय र नीजि प्रयत्न हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष शंकरमणि त्रिपाठीले आगामी दिनमा यस्ता खालका बिषयमा थप कार्यक्रम गरिने जानकारी दिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मोती तिमिल्सिनाले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव नारायण प्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।