पोखरा महानगरपालिका वडा नं. ६ र १६ मा कोभिड १९ संक्रमित फेला परेका छन् ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा पोखरा ६ का २३ वर्षीय पुरुष र पोखरा १६ का ५४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
दुवै संक्रमितलाई आईसोलेसन कक्षमा राखिसकिएको गण्डकीका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
बुधबार बिहान अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।




