नदिपुरका संक्रमित प्रहरीको सम्पर्कमा आएका ६ लाई कोरोना

केही दिनअघि संक्रमण पुष्टि भएका पोखरा ३ नदिपुरको प्रहरी बिटमा कार्यरत प्रहरीको सम्पर्कका आएका ६ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरु सबै एकै परिवारका हुन् । वडामा संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजान बाँकी रहेको जानकारी दिँदै पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले बुधबार बैठक बसी अन्य निर्णय हुने जानकारी दिए ।

उनले भने, ‘अवस्था गम्भीर भयो । सबै संक्रमित अहिलेसम्म घरमै छन् । भोलि बैठक बसी उचित निर्णय गर्छाै ।’

उनीसँग सम्पर्कमा आएका पोखरा ९ का ४ महिला र २ पुरुषमा कोभिड १९ देखिएको हो ।