नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण

नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितकाे कुल संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन्।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ। मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन्।