ठेक्का पट्टाको अनुमतिपत्र बनाईदिने कार्यमा सहजीकरण गरिदिने आश्वासन दिएर घूस लिने घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले ओलीलाई सेवाग्राहीबाट ९६ हजार ३ सय घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
ओलीले सेवाग्राहीले पेश गरेका कागजात पूरा भएका छैनन् रबाँकी रहेका कागजात पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिन, उपकरण किनेका कागजातहरुसमेत निज ओली आफैले बनाईदिने आशा देखाएका थिए ।
उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउने बहानामा रकम दिई भ्रष्टाचार गरेको पुष्टि भएकाले विशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।




