संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु

हालै गण्डकी प्रदेशले स्वामित्व लिएको लेखनाथको अस्पतालबाट कोभिड १९ संक्रमतिको उपचार सुरु भएको छ ।

पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्ष भरिएपछि यसको विकल्पमा लेखनाथको अस्पतालमा कोभिडका बिरामीको उपचार थालिएको हो ।

लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिएर प्रदेशले यसलाई संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको हो । यहाँ आइतबारबाटै कोभिडका बिरामी राखिने गण्डकीका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पहिला कर्मचारीलाई तालिम दिइने र त्यसपछि बिरामी राखिने उनले बताए । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा १ हजार ६ सय १२ संक्रमित छन् ।प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।