लायन्स फेवा फूलबारीको वृक्षारोपण र सरसफाई

लायन्स क्लब अफ फेवा फूलबारीले शनिबार पोखरा १९ घार्मी डाँडाको ऊकारेश्वर मन्दिर परिसरमा वृक्षारोपण, गोडमेल र सरसफाइ गरेको छ ।

हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यका साथ कार्यक्रम गरिएको हो । कमल, वेल, कपुर, रूद्राक्ष ,अमला, अम्बा लगायत बिभिन्न जातका ५० वटा विरुवा रोपिएको छ ।

क्लबले २ दुई वटा डस्टबिन वितरण मन्दिर व्यवस्थापन समितिलाई गरेको छ । लायन्स डिष्टिक ३२५ बि १ का डिपार्टमेन्ट चिफ छविलाल शर्माले रूद्राक्षको बिरूवा रोपेर वृक्षारोपण सुरुआत गरेका थिए । उनले लायन्सले शिक्षा, स्वास्थ्य र वातारणीय क्षेत्रमा योगदान गर्दै आएको स्मरण गरे ।

शर्माले भने, “प्राकृतिक एवम् रमणिय क्षेत्रमा रहेको यस मन्दिर परीसरमा वृक्षारोपण गरेर यस क्षेत्रको र पोखराको नै गहना बनाउन क्लबले योगदान गरेको छ ।’ विश्व व्यापीरुपमा पैmलिएको कोरोना भाइरस रोगथामका लागि सरसफाई र सचेतना निकै आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रममा क्लटर २६ का क्लस्टर प्रमुख ऋषि गिरी, डिष्ट्रिक पिआरओ कृष्ण आचार्य, रिजन तिलक तिवारी, जोन १०५ का जोनचेयर प्रसन भिषमराज पौडेल, पत्रकार प्रकाश अधिकारी र ,क्लबका जोन चेयर प्रसन एवं संस्थापक अध्यक्ष शंकरबहादुर जि, पूर्वअध्यक्ष सञ्जय बस्नेत, प्रथम उपाध्धक्ष छवि पौडेल, द्धितीय उपाध्यक्ष कुदन शर्मा, कार्यक्रम संयोजक गोबिन्द अधिकारी, क्लबका प्रकाशक गणेश कार्की लगायत सहभागी थिए ।

कार्र्यक्रम सञ्चालन सचिव गुरुप्रसाद पौडेल र अध्यक्षता अध्यक्ष नन्दलाल शर्माले गरेका थिए ।