पोखरामा मिठाइ र साकाहारी भोजनका लागि प्रख्यात माडवारी सेवा भोजनालयले होम डेलिभरी सुरु गरेको छ ।
स्थापना भएको ५० वर्षपछि कोरोना कहरमा पनि ग्राहकलाई सेवा दिन घरमै मिठाइ र साकाहारी खाजा, खाना पु¥याउने व्यवस्था थालिएको सञ्चालक भाष्कर उपाध्यायले बताए । खाना तयार गर्दा र डेलीभरी गर्दासमेत सुरक्षा सतर्कता अपनाइने उनले बताए ।
पोखराको महेन्द्रपुलमा रहेको यो भोजनालयले पोखरेलीमाझ सफा, शुद्ध र गुणस्तरीय खाजा र मिठाइका लागि चिनिएको छ । ग्राहकहरुले कम्तीमा ४ सय ५० रुपैयाँको अर्डर गर्न सक्ने र होम डेलिभरी सेवा पोखरा बजार क्षेत्रमा उपलब्ध रहेको सञ्चालक उपाध्यायले जानकारी दिए ।
जेरी, समोसा, नान, रोटी, चार्ट, विभिन्न मिठाइ, डोसा, भेज मःम, भेज चाउमिन लगायतका इन्डियन परिकार यहाँ उपलब्छ छन् । फोनबाट पनि अर्डर गर्न सकिने भोजनालयले जनाएको छ ।





