पोखरा महानगरमा थपिए ११ संक्रमित

शनिबार बिहान अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा पोखरा महानगरका ११ संक्रमित थपिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पोखरामा ११ सहित ३२ जना नयाँ सक्रंमित थपिएका हुन् । प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले कास्कीका संक्रमित ११ जनै पोखरा महानगरका भएको जानकारी दिइन् ।