प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महतलाई कोरोना संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बस्छ ।

महतले लेखेका छन्, ध्यान राख्दा राख्दै दुर्भाग्यवश हाम्रो श्रीमानरश्रीमती पनि यसबाट बँच्न ९जोगिन० सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।ु

अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका महतले बाल्टिमोरमा नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् ।