पोखरा प्रज्ञा प्रतिष्ठान गठनका लागि छनोट समिति गठन

पोखरा महानगर अन्तर्गत गठन हुने पोखरा प्रज्ञा प्रतिष्ठान बनाउन छनोट समिति गठन भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन बमोजिम महानगर प्रमुख स्तरीय निर्णयबाट बिहीबार समिति गठन भएको हो ।

छनौट समिति संयोजकमा रामचन्द्र बराल, सदस्य भरत पौडेल र सदस्य सचिव मनकुमार श्रेष्ठ छन् ।समितिले १ महिनाभित्र नाम सिफारिस गर्नेछ ।

प्रतिष्ठानका लागि कुलपति, उपकुलपति तथा प्राज्ञ सदस्य छनोट गरी समितिले सिफारिस गर्नेछ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।