पोखरा १९ मा ६ जनामा देखियो कोरोना संक्रमण

पोखरा महानगरपालिका वडा नं. १९ मा एकै पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएकाहरुमा संक्रमण देखिएको हो ।

संक्रमितको सम्पर्कमा आएका ६७ जनाको स्वाब संकलन गरिएको वडाध्यक्ष शोभामोहन पौडेलले नेपालदुतलाई जानकारी दिए । उनले वडाको आकस्मिक बैठक गरी तत्काल कसरी के कदम चल्ने भन्ने निर्णय गरिने बताए ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।