३६० थपिए, अवस्था गम्भीर बन्दै

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

देशभर संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ छ । गण्डकीमा २ सय ८० संक्रिय संक्रमित छन् । गण्डकीमा २ हजार ५ सय ६४ क्वारेन्टिनमा छन् भने १ हजार ३ सय ६२ निको भएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

गौतमले काठमाडौं उपत्यकामा अप्ठेरो अवस्था आइसकेको बताएका छन् । उनले काठमाडौंमा संक्रमणको दर बढेको उल्लेख गरे । उनले भने, ‘धेरै अप्ठेरो स्थिति आएको छ ।’ बैठक, गोष्ठी, सभा नगर्न अनुरोध गर्दै मन्त्रालयले संक्रमण बढ्दै गएमा अस्पतालले नधान्ने र स्वास्थ्यकर्मी पनि अपुग हुने जनाएको छ ।

उनले स्वाब संकलनपछि अनिवार्य रुपमा क्वारेन्टिमा बस्न आग्रह गरे ।