अस्पतालले नधान्ने र स्वास्थ्यकर्मी अपुग हुने अवस्था आउन सक्छ : गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा अप्ठेरो अवस्था आइसकेको बताएका छन् ।

गौतमले काठमाडौंमा संक्रमणको दर बढेको उल्लेख गरे । उनले भने, ‘धेरै अप्ठेरो स्थिति आएको छ ।’ बैठक, गोष्ठी, सभा नगर्न अनुरोध गर्दै मन्त्रालयले संक्रमण बढ्दै गएमा अस्पतालले नधान्ने र स्वास्थ्यकर्मी पनि अपुग हुने जनाएको छ ।

उनले स्वाब संकलनपछि अनिवार्य रुपमा क्वारेन्टिमा बस्न आग्रह गरे । देशभर संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ छ । गण्डकीमा २ सय ८० संक्रिय संक्रमित छन् ।