
सरकारले जनस्वास्थ्यको मापदण्ड अनुसार २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।
२ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमासमेत गृह मन्त्रालयले रोक लगाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं उपत्यका, कैलाली, पर्सा, रौतहट र महोत्तरी छन्। सक्रिय संक्रमित भन्नाले संक्रमण देखिएर निको नभएकाहरु हुन्।
गण्डकी प्रदेशमा १ हजार ५ सय ६२ कुल संक्रमित भएकोमा १ हजार ३ सय ६६ जना निको भएका छन् ।
४ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या १ सय ८२ छ । गण्डकीका कुनै पनि जिल्लामा २ सयभन्दा बढी संक्रिय संक्रमित नभएकाले यहाँ गाडीमा जोर बिजोर लागु हुँदैन ।