गायिका अन्जु श्रेष्ठको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘भेलबेटको चोली’ बोलको तिज गीत गायिका श्रेष्ठको आवाज र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।
गीतकार तथा पत्रकार सुष्मा देवकोटाको शब्द र राज सागरको संगीतमा रहेको यस गीतमा अविवाहित छोरीले बिबाह पछि आफ्नी आमा र बुवाको मनमा बित्ने नरमाईलोपन, बुहारी भित्रिएपछि भाईले आफुलाई गर्ने ब्यवहार परिवर्तन होला कि भन्ने पिर, राम्रो श्रीमान पाउनका लागि बसिएको बर्त जस्ता तिज संस्कृतिको परम्परागत मुल्य र महत्व ब्यक्त गरिएको छ ।
संजय हमालको संगीत संयोजन रहेको यस गीतमाथी बनेको भिडियोमा गायिका अन्जु संगै एलिना तुलाधर, डिम्पल नगरकोटी, सविता श्रेष्ठ, कविता श्रेष्ठ, सोनु श्रेष्ठ, कञ्चन केसी, भिन्तुना महर्जन, लिजा महर्जन लगायतको आकर्षक नृत्य तथा अभिनय रहेको छ ।
बिजेने महर्जन र अन्जन थापाको निर्देशनमा निर्माण भएको यस गीतमा दिपी कुमार महर्जन, सम्राट महर्जन र गणेश भण्डारीको छायांकन तथा दिपमाला महर्जनको कोरियोग्राफी रहेको छ ।
गायिका अन्जु, संगीतकार राज सागर र गीतकार सुष्माका बिगत ४ बर्षदेखी निरन्तर सहकार्य हुँदै आएको छ । उनिहरुका यस अघि खोजिरहेछु, रंगीयो तिजले, पिरती लाएको बर्ष, गुराँस लगायतका गीत सार्वजनिक छन् ।




