‘ट्राभल हिस्ट्री’ नभएकी युवतीको कोरोनाबाट मृत्यु

कोरोनाबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ। पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।

सोमबारै मृत्यु भएकी ती युवतीको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । ती युवती पोखरिया ९ मा रहेको मामा घरमा बस्दै आएकी थिइन्।

१८ वर्षीया युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।