एक दिन होइन देशमा लाग्छ सधै गाईजात्रा छ
शान्ति, न्याय तर्सी भाग्छ सधै गाईजात्रा छ
छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो
औंला दिदा हातै माग्छ सधै गाईजात्रा छ ।
लकडाउनले कयौलाई माग्ने बनायो
थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो
आत्महत्या समस्याको समाधान त हैन
तनाबले जीवनबाटै भाग्ने बनायो ।
कोरोना यो खै कहिले पार लाग्नी होला ?
निदाएको सरकार अब कहिले जाग्नी होला
हिंसा, अनि प्रकृतिको दोहन गरि रमाउँदै
बुझपचाई अझै मान्छे कता भाग्नी होला ?
०७७–४–२० नुवाकोट, हालः पोखरा–११




