यसपालि लामाचौर तीज महोत्सव नहुने

नव आदर्श सामुदायिक विकास समाजद्धारा बार्षिक रुपमा हुदै आएको लामाचौर तीज महोत्सव–२०७७ यस वर्ष नहुने भएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण महोत्सव स्थगन भएको हो । यस संस्थाले विगत २३ वर्षदेखि भाद्र शुक्लपक्षका दिन आफ्नो वार्षिक उत्सवको अवसर पारी श्री इन्द्र राज्यलक्ष्मी मा.विको प्राङ्गणमा ५ दिनसम्म उक्त महोत्सव संचालन गर्दै आएको थियो ।

यस वर्ष कोरोना भाइरसका कारण नेपाल सरकारद्धारा जारी गरिएको निर्देशिकाको पालन गर्न र यसको प्रत्यक्ष असर सहयोगी दाताहरुलाई समेत परेको हुनाले यस वर्ष महोत्सव स्थगन गरिएको समाजका सचिव दिनेश भण्डारीले बताए ।