कविता : के रहेछ र जीवन ?

जन्मिन्छु म कहाँ कहाँ
भाग्यको खेल रहेछ
आफ्नो घर, आफ्नो समाज
सबै टाढा भैदिन्छ
लक्ष्य लिई जीवनमा
अघाडी सर्दै गएँ म
सार्दै आफ्नो सानो पाइला
सघर्ष गर्दै चले म
जीवनको उज्यालो
छर्न खोज्दै यहा
पाइलाअघि बढ्दैथ्ये
डराउन्न थिएँ त्यहाँ
के रहेछ र हामी नारीको जिवन
सुकोमल फूल भन्छन् चुडी जानलार्इ
पत्ता सरी हावाको बेघझै
सम्झना साची रख्नलाई
के नर के नारी यो दुनियाँमा
सम्हलिदै चल्नु छ दिए साथमा
भाग्यले जुराउछ यो जीवनको पटकथा
केवल सम्झी रमाउछु, भाबीको जीवन लेखा