सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

कोरोना संक्रमण समुदाय तहमा पुगेपछि सप्तरी जिल्लामा समेत निषेधाज्ञा जारी गरिएको छ।

मंगलबार बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । सप्तरीमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यसभन्दा पहिले राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो।