राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत पक्राउ

बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय पक्राउ परेका छन् ।

कार्यालयको बा।२ झ। १८७३ नं। को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइगएको टोलीले भट्टराई र विष्णु रोकायलाई स्रोत नखुलेको ३ लाख ४८ हजार र बिभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजार सहित सैनामैना नगरपालिका वडा नं। १० रुपन्देहीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।