घान्द्रुकमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिकामा शनिबार दिउँसो भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मुस्ताङ घर भएका चालक ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले बताए ।

पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको जिप दिउँसो १ः३० बजे वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो। रासस