कोरोना सुल:

कोरोना क्याप्पसुललाई क्यप्प हटाएर सुल मात्र राख्नु पर्ने देखिन्छ । क्यप्पसुल भनेको पेटमा पुगेपछि पग्लाने पदार्थभित्र औषधिजन्य धुलो राखि बन्द गरिएको औषधि हो । यसले रोग निको भै बिरामीलाई सितलता प्राप्त हुन्छ । आज प्रसारित कोरना क्यप्पसुल सुल जस्तो लाग्यो । यसले झटपटि बढायो । कोरना क्यप्पसुल बनाउँदै बनाउँदै गर्दा बनाउने मानिस थकित बिचलीत भएका छन् कि ? यी क्यप्पसुल खादा वोकवोकि लाग्यो । क्यप्पसुल भनेको त शरिरको प्रतिरोध शक्ति बढाउने वस्तु हो । शरिरको प्रतिरोध क्षमता मनोबलमा निर्भर हुन्छ । मनोबल आसा र भबिष्य उज्ज्वल देखेमा मात्र बढछ । आजका तीनवटा कोरना क्याप्पसुल डोजहरुको सार यस्तो पाइयो ।

१) कोरनाको खोप बन्नै गाह्रो छ, बनी हाले पनि हाम्रो पहुँचमा हुने छैन ।
२) धेरै मानिस कोरोनाबाट मरेपछि मात्र प्रतिरोध क्षमता बढने छ, धेरै मर्नलाई खुला गर्नु पर्ने ।
३) यो एच आइ भि एड्स जस्तै हो । अबका मानिसले आजीवन माक्स लगाउनु पर्नेछ ।

यी तीनैवटा डोजमा विषयवस्तुलाई नकारात्मक रुपमा अती रन्जित गरिएको पाइन्छ । यी तीनैवटा डोजमा मिसाएको बिषाक्त वस्तुहरु बारे छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।

कोरोना क्यप्पसुलका डोजहरु निर्माण गर्ने अवस्य पनि एउटा टिम होला । यसो नभै एउटा व्याक्तिले मात्र क्याप्पसुलमा धुलो भर्दछन् भने अाज तिनको घरमा झगडा भएको हुनु पर्दछ वा भर्ने धुलो कुटदा खलमा औला थिचिएको हुनु पर्छ । क्यप्पसुलमा भर्ने धुलो नातीले चश्मा भाचिदिएकाले नदेखेर अर्कै धुलो मिसाएका पनि हुन सक्दछ । चोर डाका अपराधिले धुलो साटि दिएको पनि हुन सक्छ । यो मात्र होइन, बेसार आयुर्वेदको प्रभाव पनि हुन सक्छ । अब प्रत्येक क्यप्पसुल फोडि हेरौं ।

१) आजको युग विश्व बिनिमयको युग हो । प्राकृतिक साधन स्रोत जनशक्ति र प्रबिधि आदिको कारणले प्रत्येक देशले उत्पादन र निर्यात गर्ने वस्तु फरक फरक हुने गर्दछ । अमेरिकाले कोरोनाको खोप बनाएमा अरुलाई दिदै दिन्न भन्नु नै गलत छ । ” कागलाई बेल पाक्यो हर्ष न विस्मात” क्याप्पसुलमा मिसाइएको छ । यसले नेपालले अहिले प्रयोग गरिरहेका सबै औषधि र खोपहरु आफैले बनाएको हो जस्तो फुर्ति देखाएको जस्तो देखिन्छ । यसको साथै नेपालले खोप बनाउनै सक्दैन भन्ने लघुताभास पनि देखिन्छ । कोरोनाको खोप बन्यो भने त्यो कुनै देशको पेवा हुनै सक्दैन ; यो मानव मात्रको उपलब्धि हुन्छ । कोरोनालाई संसारबाट निर्मुल पार्ने अभियान सुरु हुन्छ । बनाउने देशले खोप प्रयोग गर्दछ हामी टुलुटुलु हेरि भुतुभुतु मर्ने हो भन्ने मानसिकता लघु र बिक्रित मानसिकता हो । बिश्वभरका अनुसन्धानकर्ताहरु खोप बनाउने कार्यमा जुटिरहेका छन् ; खटिरहेका छन् । आसावादि हुनु पर्छ ।

२) धेरैभन्दा धेरै मानिस कोरोनाले मरे पछि मात्र प्रतिरोध क्षमता विकास हुन्छ भन्ने भनाई चरम निराशवादि चिन्तन हो । माल्थसको जनसंख्या सिद्धान्तमा जनसंख्या बढदै जादा खाध्यान्न र जनसंख्यावीच असंतुलन हुन्छ । मानिसले खानाको लागि युद्ध झगडा गर्दा जनसंख्या घटदछ । त्यति मानिस बाच्दछ जतिलाई खान हुन्छ भनेका थिए । तर धेरै दृष्टिकोणले यो निरासावादि सिद्धान्त व्यवहारमा लागु भएन । धेरै मानिस मरेको देखेर थोरै मानिसको प्रतिरोध क्षमता बढने अवश्य होइन । “कमजोर मर्दछ बलियो बाच्दछ” भनि सरकारको साधन स्रोत खर्च गरि सुनाउनुको कुनै प्रयोजन देखिदैन । जंगली न्यायमा नै मानिस फर्कने हो भने मानिसको अहिले सम्मको आविष्कार सभ्यता भाइचारा र विश्व बन्धुत्वलाई जनरअन्दाज गरेको ठहरिन्छ । विभिन्न कालखण्डमा मानवले गरेको भुलबाट धेेरै शिक्षा पाइसकेको छ ।कोरोना निको नहुने रोग हो ।यसलाई एच आइ भि एड्ससंग तुलना गरिएको छ । यो सरासर गलत र भ्रमाक देखिन्छ । एड्स आफैमा कुनै रोग होइन । बरु यसले शरिरको प्रतिरोध क्षमता घटाउँदै जादा अन्य रोगले सजिलै आक्रमण गर्दै जान्छ भन्ने हो । एड्स निर्मुल पार्न नसके पनि एड्स रोगीको जीवन लम्बाउने औषधि त बनेका छन् ; प्रयोग भैरहेका छन् । अर्को कुरा अहिलेसम्मको कोरोना भइरसप्रति गरिएको विश्वभरिको अध्ययन अनुसन्धानहरुको निचोड र कोरोना लागेर निको भएका व्याक्तिहरुको परीक्षणले कोरना भइरस मानव शरिरमा लामो समय रहिरहेको पाइएको छैन । यसरी एड्ससंग कोरोना तुलना गरि प्रचार गर्नु अर्थहिन र बकवासभन्दा अरु केही होइन ।

नेपाल आमाले धेरै विद्वान् , बहादुर, साहासी र सुधारक सन्तान जन्माइ सकेकी छन् । उहाँहरुको योगदानप्रति हामी नतमस्तक हुनै पर्दछ । नेपालमा समय समयमा भुइफुट्टा चाटुकी ढोगी आफ्नो आत्म प्रसंसा गरेर नथाक्ने पात्रको अगाडि सु उपसर्ग लेख्नै मन नलाग्ने पनि जन्मेका छन् । आउदो जनगणनामा यस्ताको गणना गर्ने हो भने दोहोरो अंकको प्रतिशत आउने अवस्था पनि छ । यस्तै विद्वानको टिममा बरिष्ट हुनु भन्दा साधारणमा घटुवा हुनु नै श्रेय देखिन्छ । हामी नेपाली पत्याउनकै लागि जन्मेका हौं कि ? राज परिवारको बंश नाशमा स्वचालित बन्दुकले घुमि घुमि तल माथि गर्दै रोजि रोजि कसैलाई खुट्टामा कसैलाई टाउकोमा गोली लागि मरेकै हुन् । अब हामी आफ्नो शक्तिमा विश्वास गरौ एकता गरौ कोरोना कुटनीति बुझौ । कोरोना र कोरोना प्रवृत्ति बुझौं ।
विग्य विद्वानहरुकोसल्लाह सुझाव कार्यान्वयन गर्न गराउन एक हौं ।