गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार

मोरङको केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ ।

पटके करबारे भएको विवादपछि भुवन ठकुरीले कार्कीमाथि खुकुरी प्रहार गरेका हुन् । ठकुरीले गार्डले कम्मरमा भिरेको खुकरी खोसेर कार्कीमाथि प्रहार गरेका थिए । कार्कीले पहिलेदेखि नै पटके करको ठेक्का लिँदै आएका थिए । आगामी वर्षको ठेक्का आफूले पाउनुपर्ने भन्दै उनले विवाद गरेका थिए ।

घाइते कार्कीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । उनको नोबेल अस्पतालको आईसियुमा उपचार भइरहेको छ ।