गायिका एवं साहित्यकार अम्बिका भण्डारीको नयाँ तीजगीत सार्वजनिक भएको छ । नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिले निर्माण गरेको तीजगीत उही वनपाखामाको म्युजिक भिडियो नमस्ते पोखरा युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो ।
अम्बिका भण्डारीकै शब्द, लय र स्वर रहेको यो गीतको एरेन्ज जुजु गुरुङले निर्माण गरेका हुन् । करुणा भण्डारी, सरिता सुवेदी, ज्योति सुवेदी लगायतको नृत्य रहेको म्युजिक भिडियो निर्मातामा गोपाल भण्डारी छन्।
म्युजिक भिडियोमा प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल, कमल भण्डारी लगायतले अभिनय गरेका छन् ।
यसअघि अम्बिकाका संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर जस्ता तीजगीत बजारमा आएका छन् । उनका मुक्तक र काव्यका ४ कृति पनि प्रकाशित भइसकेका छन् ।




