लेकाली अर्गानिक कफी तथा जुस बार सञ्चालनमा

पोखरामा लेकाली अर्गानिक कफी तथा जुस बार सञ्चालनमा आएको छ ।

पोखरा अमरसिंह चोकस्थित लेकाली चुल्हो घरले बिहीबारदेखि कफी तथा जुस बार सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कफी हाउस उद्घाटन गरे । कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा नयाँ सम्भावनाको खोजी गर्नु सराहनीय भएको उनले बताए ।

देशको अर्थव्यवस्था नै धरापमा परेको अवस्थामा व्यवसायमा थप लगानी गरेर चुनौतीसँग जुध्न खोजेकोमा शेरचनले सञ्चालक गुरुङ दम्पत्तीलाई बधाई तथा सफलताको शुभकामना दिए ।

करिब ३० लाख लागतमा सञ्चालनमा आएको कफी तथा जुस बारका सञ्चालक मीन गुरुङले लकडाउनको बेलामा व्यवसायलाई विस्तार गर्नु कम चुनौतीपूर्ण नभए पनि लेकाली चुल्हो घरलाई जस्तै ग्राहकले कफी तथा जुस बारलाई पनि साथ दिने विश्वास गरे ।

कफी तथा जुस बारमा अर्गानिक एवम् विभिन्न फ्लेबरका कफी, केक तथा फ्रेस जुस पाइने कफी हाउसकी सञ्चालक गौरी तमुले जानकारी दिइन् ।