ईटहरी उपनगरपालिकाका लेखा अधिकृत पक्राउ

सुनसरीको इटहरी उपनगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूससहित पक्राउ परेका छन् ।

नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजका लागि सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले नियन्त्रणमा लिएको हो ।

पोखरेललाई रकमसहित इटहरी उपनगरपालिका वडा नं। ६ बि।पि। चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।