पोखराको गुरुङ ब्युटी एकेडेमीले साउने सङ्क्रान्तिको अवसरमा मेहन्दी प्रतियोगिता आयोजना गरेको छ ।
पोखरो न्यूरोडमा रहेको एकेडेमीले मेहन्दीकला सिकिरहेका प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट चार जनालाई पुरस्कार वितरण गरेको एकेडेमी सञ्चालक चिनु गुरुङले जानकारी दिइन् ।
उनले हरेक वर्ष साउने सङ्क्रान्तिमा मेहन्दिकला प्रतियोगिता हुँदै आएकोमा अहिले कोभिड–१९ का कारण सिमित सहभागी बीच सामाजिक दुरी कायम गरेर प्रतियोगिता गराएको बताइन् । प्रतियोगितामा सात जना सहभागी थिए ।
प्रतियोगितामा सुमना श्रेष्ठ प्रथम, सनम गुरुङ द्धितीय, साजिमा गुरुङ तृतिय सिमा परियार सान्त्वना भए । विजेताले हेयर ड्रायर, हेयर आइरन, मेकअप ब्रस र हेयर रोलर प्राप्त गरेका छन् ।
वि.सं २०५२ बाट सञ्चालनमा आएको यस पार्लरको पोखरामा चार र दुलेगौडामा एक गरी पाँचवटा शाखा सञ्चालनमा रहेको छ । एकेडेमीले पार्लर सम्बन्धी बेसिक, डिप्लोमा र एडभान्स कोर्ष मार्फत तालिम दिदै आएको छ ।
एक हजारभन्दा बढीले ब्युटीपार्लर सम्बन्धी तालिम लिइसकेका छन् भने सिकेका मध्य करिब ६ सय जना स्वरोजगार भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।






