कालिका र माझठानाका किसानलाई बाँदर धपाउने यन्त्र

खेतीपाती बाँदरले बिमाख पारेपछि हैरान भएका पोखरा २८ का किसानमा आशा सञ्चार भएको छ ।

पोखरा महानगरले उपलब्ध गराएका ९ थान बाँदर धपाउने यन्त्र बुधबार कालिका र माझठानाका किसानलाई प्रदान गरिएको छ । पोखरा २८ का अध्यक्ष निर्मल दियालीले बुधबार आयोजित कार्यक्रममा किसानलाई ती यन्त्र हस्तान्तरण गरे ।

अध्यक्ष दियालीले यन्त्रले प्रभावकारी तवरले काम गरेको खण्डमा आवश्यकता अनुसार थप यन्त्र उपलब्ध गराउने प्रतिवद्धता गरे । उनले कृषिमा आत्मनिर्भर र व्यवसायीकरण नभई समृद्धि र विकास सम्भव नहुने भएकाले स्थानीय सरकारहरु यसमा लागेको बताए ।