ढोरपाटनका इन्जिनियर १ लाख घूससहित पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मीलन अधिकारी १ लाख घूससहित बुधबार साँझ पक्राउ परेका छन् ।

अधिकारीलाई अख्तियार पोखराको टोलीले जिरो किमिबाट रकम लिँदालिँदै पक्राउ गरेको हो । उनले उपभोक्ता समितिको हिसाब मिलाई दिन्छु भनी रकम लिएका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।